Preloader

करारका शर्तहरुCONDITION OF CONTRACT

  • यो यात्री टिकट र सामानपत्र नेपाल वायुसेवा निगम (यसपछि वाहक भनिएको) द्वारा जारी गरिएको हो । यसमा उल्लेखित निम्नलिखित शर्तहरु सहित यात्री यसलाई स्वीकार गर्दछ ।
  • यात्री र उनीहरुका (रजिस्टर भएका र नभएका) मालसामानहरु समेत निम्न शर्तहरुको अधिन परिवहन गर्न स्वीकार गरिन्छ ।
    • विमानमा रहँदा वा उडानको क्रममा विमान चढ्दा वा ओर्लदा कुनै यात्री वा उसको मालसामान वाहकको लावरवाहीबाट हानी नोक्सानी भएको भन्ने प्रमाणित भएमा मात्र वाहक जिम्मेवार रहने छ तर यात्रीकै लावरवाहीबाट हानी नोक्सानी भएको खण्डमा प्रचलित कानून अनुसार हुनेछ ।
    • कुनै यात्रीको मृत्यु भएमा वा शारीरिक घाउ, चोटपटक लागेमा वाहकको दायित्व अन्तर्गत दिइने रकम अधिकतम अमेरिकी डलर २०,०००। बराबरको स्थानीय मुद्रमा हुन आउने रकमसम्म मात्र सीमित रहने छ ग) वाहकको दायित्व देहायको अवस्थामा देहाय बमोजिमको अधिकतम हदसम्म मात्र सीमित रहने छ :
      • रजिष्ट्रेशन भएका मालसामानको हकमा प्रति किलो अमेरिकी डलर २०। बराबरको स्थानीय मुद्रामा हुन आउने रकमसम्म ।
      • यात्रीले आफ्नो साथमा राखेको मालसामानको हकमो अमेरिकी डलर ४००। बराबरको स्थानीय मुद्रामा हुन आउने रकमसम्म ।
  • उपरोक्त प्रकरण नं. २ मा लेखिएका शर्तहरु तथा प्रचलित ऐन कानूनले अन्यथा व्यवस्था गरेकोमा बाहेक कुनै यात्रुहरु वा उनीहरुको मालसामान र व्यक्तिगत वस्तु प्रति वाहकको कुनै दायित्व रहने छैन । वाहकको काम कारवाही, लापरवाही वा त्रुटी अथवा अन्य जुनसुकै प्रकारले यात्रुहरुको घाउ चोटपटक (मृत्यु सहित) हानी नोक्सानी वा ढिलाइ आदि प्रत्यक्ष वा अप्रत्यक्ष जुनसुकै रुपले भएको भए पनि यात्रुहरु आफ्नो र आफ्ना प्रतिनिधि वा आश्रितहरुले (जसले यो शर्त नभएको भए दावी गर्ने अधिकार पाउँछ) क्षतिपूर्तिको लागि गर्न सक्ने सबै दावी परित्याग गर्दछन् । उनीहरुले आफ्नो सम्पत्ति समेतको त्यस्तो दावीबाट वाहकलाई मुक्त गर्दछन् ।
  • वाहकलाई दायित्वबाट अलग राखी र सीमित गराइने सम्बन्धमा क्रमशः प्रकरण २ र ३ मा उल्लेखित शर्तहरु वाहकको एजेन्ट, कर्मचारी, र प्रतिनिधि तथा वाहकले परिवहनको लागि प्रयोग गरेको विमानको मालिक र निजको एजेन्ट, कर्मचारी, र प्रतिनिधिहरुको रक्षार्थ पनि लागू हुने छन् ।
  • रजिष्टर्ड मालसामानहरु त्यसका समान पत्र लिई आउने व्यक्तिलाई बुभाइने छ । मालसामान हरएमा वा हानी नोक्सानी भएमा सो हराएको वा नोक्सानी भएको थाहा पाएपछि वाहकको विमानस्थल स्थित काउन्टरमा लिखित रुपमा उजुरी गर्नु पर्दछ ।
  • टिकटमा वाहकको भाडा दर रेट सम्बन्धी नियमहरुमा वा परिवहनका शर्तहरुमा वा सम्बन्धित नियमहरुमा अन्यथा लेखिएमा बाहेक यो टिकट जारी भएको मितिले १ बर्षसम्म परिवहनको लागि मान्य हुनेछ । यसमा लेखिएको भाडा दर परिवहन शुरु हुनुभन्दा अगाडि प।िवर्तन हुन सक्छ । तोकिएको भाडा नतिरेको खण्डमा वाहकले ढुवानी गर्न इन्कार गर्न सक्नेछ ।
  • वाहकले यात्रीहरु र उनीहरुको मालसामान यथाशिघ्र परिवहन गर्न पूरा प्रयास गर्नेछ । समय तालिका वा अन्यत्र देखाइएका समयको ग्यारेन्टी लिन सकिने छैन तथा यस करारको अंग पनि मानिने छैन । कुनै पूर्व सूचना बेगर वाहकले अर्को वाहक वा हवाईजहाजको व्यवस्था मिलाउन सक्नेछ र आवश्यक परेको खण्डमा टिकटमा उल्लेखित निर्धारित विसौनीस्थल र उडान समय अअदल बदल गर्न वा हटाउन सक्नेछ ।
  • वाहकको कुनै प्रतिनिधि, एजेन्ट वा कर्मचारीलाई यो करारनामाको कुनै दफा बदल्न संशोधन गर्न वा लागू नगर्ने गर्ने अधिकार हुने छैन ।
  • यो टिकटमा लेखिएको परिवहनको करारको अर्थ नेपालको कानून अनुसार लगाइनेछ र तत्सम्बन्धी कुनै पनि कारवाही नेपालको अदालतमा मात्र चलाइने छ ।