नेपाल वायुसेवा निगमद्धारा श्रव्य-दृष्य मिडियामा प्रसारण गरिने विज्ञापनको कथावस्तु छनौट सम्बन्धी सूचना || Nepal Airlines Corporation
नेपाल वायुसेवा निगमद्धारा श्रव्य-दृष्य मिडियामा प्रसारण गरिने विज्ञापनको कथावस्तु छनौट सम्बन्धी सूचना

27 Mar, 2019



नेपाल वायुसेवा निगम
नेपाल वायुसेवा निगमद्धारा श्रव्य-दृष्य मिडियामा प्रसारण गरिने विज्ञापनको कथावस्तु छनौट सम्बन्धी
सूचना
प्रथम पटक प्रकाशित मिति २०७५-१२-१३

नेपाल वायुसेवा निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संचार टेलिभिजनमा व्यवसाय प्रबद्र्धनमा सहयोग पुग्ने श्रव्य-दृष्य विज्ञापन तयार गर्ने सन्दर्भमा प्रतियोगिताद्धारा कथावस्तु छनौट गर्ने भएको छ । उक्त प्रतियोगितामा भागलिन इच्छुक सिर्जनाकारहरुबाट आर्कषक कथावस्तु पेश गर्न आव्हान गरिन्छ । 

नयाँ तयार गरिने विज्ञापनमा निगमका उडानहरुको नियमितता, विश्वसनीयता, सुरक्षित साथै गुणस्तरीय सेवा झल्कने गरी कथा वस्तु समेटिएको हुनु पर्नेछ । विज्ञापनको कथावस्तु अधिकतम ३० सेकेण्डमा सीमित हुनुपर्ने छ । प्रतियोगीले ३ वटा सम्म कथावस्तु पेश गर्न सक्नेछन् । छनौट भएको उत्कृष्ट  विज्ञापनलाई पुरस्कार स्वरुप निगमको उडान हुने कुनै पनि सेक्टरहरुमा  दुई थान निःशुल्क हवाई टिकट उपलब्ध गराइने छ । दोश्रो हुनेलाई पुरस्कार स्वरुप निगमले उडान गरिरहेको भारतको कुनै पनि सेक्टरको दुई थान निःशुल्क हवाई टिकट उपलब्ध गराइने छ । त्यस्तै तेस्रो हुनेलाई पुरस्कार स्वरुप निगमले उडान गरिरहेको आन्तरिक सेक्टरको दुईथान निःशुल्क हवाई टिकटका साथै दुई रात होटलको व्यवस्था समेत उपलब्ध गराइने छ ।

इच्छुक प्रतियोगीहरुले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० दिनभित्र आफ्नो कथा वस्तु निगमको संस्थागत विभागमा पुग्ने गरी पेश गर्नुहुन आव्हान गरिन्छ । थप जानकारीका लागि निगमको केन्द्रिय कार्यालय, संस्थागत विभागमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ । 

सम्पर्कः
श्री बाह्य तथा जनसम्पर्क महाशाखा
संस्थागत विभाग
नेपाल वायुसेवा निगम, कान्तिपथ, काठमाडौं ।
फोन : ४२२०९९४ (Ext. २१२६)(५५५५), ४२२५३०७ (Ext. २१५५)
इमेलः cdepa@nac.com.np,