Preloader

अन्तरराष्ट्रिय यात्रीहरुकोलागि सूचना

सूचना

यात्रीको अन्तिम गन्तव्य स्थान वा रोकिने ठाउं, यात्रा शुरु गरिएको देश बाहेक अर्कै देशमा हुने भएमा, वार्सा कन्भेन्सन लागु हुन सक्तछ, लागु हुन्छ । तर यो कन्भेन्सनले, सरसामानको हानी वा नोक्सानी र बैयत्तिक क्षती वा मृत्यूको सम्बन्धमा धेरै जसो बाहकको दायित्व सिमित गर्दछ । यस सम्बन्धमा “अन्तरराष्ट्रिय यात्रीहरुको दायित्वको परिसिमाना” र “सरसामान बारेको दायित्वको परिसिमाना” भन्ने शिर्षकको सूचना पनि हेर्नु होला ।

करारका शर्तहरु

(१) यस करारमा प्रयोग गरिएको टिकट भन्नाले यी सूचनाहरु तथा शर्तहरु समाबेस भएको यात्री टिकट र सामान–पत्र हो । परिबहनको मतलब ढुवानी र बाहक, भन्नाले यस व्यबस्था अधिन, यात्री वा निजको सामान ढुवानी गर्ने वा ढुवानीको अभिभारा लिने वा सोसंग सम्बन्धित अरु जुनसुकै सेवा प¥याउने हवाई बाहक सम्झनु पर्दछ । वार्सा कन्भेन्सन भन्नाले अन्तरराष्ट्रिय हवाई परिबहन सम्बन्धमा भएका नियमहरुको एकिकरण गर्न १२ अकटुबर १९२९ मा वार्सामा हस्ताक्षर गरिएको सन्धि–पत्र अथवा सोमा २८ सेप्टेम्बर १९५५ मा हेगमा सम्सोधन गरिएको मध्ये जुनचाही सन्धि–पत्र लागु हुन्छ त्यसैलाई सम्झनु पर्दछ ।

(२) वार्सा कन्भेन्सनद्धारा परिभाषित अन्तरराष्ट्रिय परिबहन नभएकोमा बाहेक, यस करार अन्तरगतका अरु सबै परिबहन सम्बन्धमा वार्सा कन्भेन्सनद्धारा स्थापित दायित्व सम्बन्धी बन्देज तथा नियमहरु लागु हुनेछन् ।

(३) प्रत्येक बाहकद्धारा गरिएको परिबहन वा अरु सेवाहरु मथि लेखिएका कुराहरुसंग नबाझिएसम्म, (।) यस टिकटमा उल्लेखित व्यबस्थाहरु (।।) लागु हुने दर रेट (।।।) बाहकको परिबहन सम्बन्धी शर्त र नियमहरु जुन यसको एक अङ्ग हुन ( र जुन बाहकको कार्यालयमा निवेदन दिई प्राप्त गर्न सकिन्छ) लागु हुनेछ । तर संयुक्तराज्य अमेरिका वा क्यानाडाको कुनै स्थान र ती देश बाहिरको कुनै स्थान बीचको परिबहनको सम्बन्धमा ती देशहरुमा प्रचलित दर रेट लागु हुने छैन ।

(४) बाहकको पुरा नाम र छोटकरी नाम बाहकको दर रेट सम्बन्धी कागज वा परिबहन शर्त नियमहरु वा समय तालिकमा दिइएको हुंदा, टिकटमा बाहकको छोटकरी नाम दिन सकिन्छ । बाहकको ठेगाना, टिकटमा उल्लेखित बाहकको पहिलो छोटकरी नामको सीधा अगाडी दिइएको, यात्रा प्रारम्भ गरिने विमान स्थल हुनेछ । मन्जुर गरिएका रुक्ने स्थानहरु टिकटमा उल्लेख गरिएनुसार अथवा बाहकको समय तालिकामा देखाइएका यात्रीको मार्गमा निर्धारित रोकिने भनिएमा स्थानहरु अनुसार हुने छन् । यस अन्तरगत, विभिन्न बाहकहरुबाट क्रमिक रुपमा गरिएको परिबहनलाई एउटै उडान मानिनेछ ।

(५) कुनै विमान बाहकले अर्को दोश्रो विमान बाहकद्धारा गरिने परिबहनको लागि टिकट जारी गर्दा, एजेण्टरुपमा मात्र गर्दछ ।

(६) दायित्वबाट बाहकको मुक्ति वा सोको सीमितीकरण सम्बन्धी कुराहरु बाहकको एजेण्ट सेवक तथा प्रतिनिधी र कुनै व्यक्ति जसको विमान बाहकद्धारा परिबहनको लागी प्रयोग गरिन्छ तथा निजका एजेण्ट, सेवक र प्रतिनिधी समेतलाई तथा निजहरुको भलाईका लागी लागु हुनेछ ।

(७) सामान–पत्रमा पंजीकृत सरसामान, सामान–पत्रमा लिएका व्यक्तिहरुलाई बुझाईनेछ । अन्तराष्ट्रिय परिबहनको सिलसिलामा, सरसामान नोक्सान भएको पत्ता लाग्ने बित्तिकै अथवाढिलोमा, सामान प्राप्त भएको ७ दिन भित्र बाहकमा, लिखित रुपमा सिकायत गर्नु पर्दछ । ढिलो भएको अवस्थामा, सरसामान हस्तान्तरण गरिएको २१ दिन भित्र उजुर गर्नु पर्दछ । गैर अन्तरराष्ट्रिय परिबहनको सम्बन्धमा, परिबहन र्शत र दर रेटहरु हेर्नु होला ।

(८)टिकटमा वा बाहकको दर रेट परिबहनका र्शत वा सम्बन्धित नियमहरु अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि टिकटको मान्यता सो जारी भएको मिति देखि एकवर्ष सम्मको लागी हुनेछ । परिबहनको भाडा परिबहन शुरु हुनु अगाबै परिवर्तन हुन पनि सक्छ । चाहिने भाडा नतिरिएकोमा परिबहन गर्न इन्कार गर्न सक्नेछ ।

(९) बाहकले यात्री र सरसामानलाई उचित शिघ्रताका साथ परिबहन गर्न पूरा कोशिश गर्नेछ । समय तालिकामा वा अन्यत्र देखाइएको समयलाई ग्यारिन्टी दिन र त्यसलाई त्यसलाई यस करारको अङ्गको रुपमा मानिंदैन ।

(१०) यात्रीले यात्रा सम्बन्धी सरकारी नियमहरुको पालना गर्नेछ र प्रवेश प्रस्थान सम्बन्धी तथा अरु आवश्यक लिखतहरु प्रस्तुत गर्ने छ, निर्धारित समय भित्र विमानस्थलमा पुग्नेछ र समय निर्धारित नभएकोमा प्रस्थान सम्बन्ध आवश्यक कारवाही पूरा गर्न चाहिने समय अगावै पुग्नु पर्नेछ ।

(११) बाहकको एजेण्ट, सेवक वा प्रतिनिधीलाई यस करारको कुनै शर्तलाई परिवर्तन गर्ने, सम्सोधन गर्ने वा लागु नगर्ने अख्तियार हुने छैन ।