- 25 Jul 2025
मौजुदा सूचीदर्ता गर्ने बारेको सूचना ( Standing List Notice)
नेपाल वायुसेवा निगम
मौजुदा सूचीदर्ता गर्ने बारेको सूचना
(प्रथम पटक प्रकाशित मिति २०८१।०३।२०)
सार्वजनिक खरिद ऐन÷ नियमावली तथा नेपाल वायुसेवा निगमको आर्थिक विनियमावली, २०६५ बमोजिम यस निगमलाई आर्थिक वर्ष २०८२/०८३ को लागि तपसिलमा उल्लेखित आवश्यक पर्ने विभिन्न सामानहरु/निर्माण कार्य/परामर्श सेवा/ अन्य सेवा आपूर्ति तथा मर्मत सम्भार गर्न ईच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीहरुले नया“ सूची दर्ता गर्न एवं आ.व. २०८१/०८२ मा सूचीकृत भएका व्यक्ति, फर्म, संस्था वा कम्पनीहरुको कागजातहरु अद्यावधिक गराउनुपर्ने भएकोले सम्बन्धित विषयको कारोवार गर्न स्वीकृति प्राप्त गरेका व्यक्ति, फर्म, संस्था वा कम्पनीहरुको आफूले आपूर्ति गर्ने सामान वा मर्मत संभार सम्बन्धि विवरण सहित फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर वा मूल्य अभिबृद्धि कर दर्ताको प्रमाणपत्र, आ.व. २०८०/०८१ को कर चुक्ता प्रमाणपत्र र आवश्यकता अनुसारको व्यवसायिक इजाजतपत्रका प्रतिलिपिहरु साथमा राखी तपसिलमा उल्लेखित विवरण मध्ये कुन कुन कार्य वा आपूर्ति गर्न सूची दर्ता गर्ने हो सोको संलग्न ढाचा बमोजिमको निवेदन सहित यस विभागको खरिद शाखामा आवेदन दिनहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । आवेदकहरुलाई मौजुदा सूचीमा समावेश गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस निगममा निहित रहनेछ । थप जानकारीको लागी यस विभागको खरिद शाखामा सम्पर्क राख्न सकिने छ ।
तपसिल
सूचीदर्ता गर्नुपर्ने कार्यको विवरण
१) छपाई तथा स्टेसनरी सामानहरु आपूर्ति गर्ने ।
२) यूनिफर्म सम्बन्धी सामानहरु आपूर्ति गर्ने ।
३) फर्निचर, फिक्चर तथा फर्निसिंग सम्बन्धि सामानहरु आपूर्ति गर्ने ।
४) ईलेक्ट्रोनिक्स, ईलेक्ट्रिकल तथा सञ्चार सम्बन्धि सामानहरु आपूर्ति तथा मर्मत कार्यहरु गर्ने ।
५) कम्प्यूटर, प्रिन्टर तथा सूचना प्रविधि सम्बन्धि सामानहरु आपूर्ति तथा मर्मत कार्यहरु गर्ने ।
६) सेनेटरी तथा हार्डवेयर सम्बन्धि सामानहरु आपूर्ति गर्ने ।
७) क्याटरिंग सम्बन्धि सामानहरु आपूर्ति गर्ने ।
८) सिभिल निर्माण तथा मर्मत संभार कार्यहरु गर्ने ।
९) सफ्टवेयर (Software) सम्बन्धि कार्यहरु गर्ने ।
१०) गाडी तथा मोटरसाइकलका पार्टपूर्जाहरु र वर्कसप इक्विपमेन्ट आदि आपूर्ति गर्ने ।
११) इन्टरनेट सर्भिस प्रोभाइडरको काम गर्ने ।
१२) गाडी तथा मोटरसाइकलहरु मर्मत गर्ने ।
१३) Lubricants
१४) मालसामान आपूर्ति, निर्माण कार्य, परामर्श सेवा, निगमलाई आवश्यक पर्ने सरसामानहरु ।
१५) Personal Protective Equipment's तथा औषधिजन्य सामानहरु आपूर्ति गर्ने ।
१६) Liquor (Alcoholic Beverage ) आपूर्ति गर्ने ।
१७) अन्य आवश्यक विविध सेवा/सामग्रीहरु ।
नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग कान्तिपथ, काठमाण्डौं ।
फोन नं. ५७१८५७८, ४२२०७५७ Ext. २२१२