Preloader

Press Note: 2082/12/17 : काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा थप विस्तार

  • Home
  • Press Release
  • Press Note: 2082/12/17 : काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा थप विस्तार

Press Note: 2082/12/17 : काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा थप विस्तार

नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा थप विस्तार गरेको छ । हाल काठमाडौं–दिल्ली–काठमाडौं रुटमा RA 217/218 बाट दैनिक एउटा उडान भइरहेको अवस्थामा यात्रुको बढ्दो चाप तथा उडानको मागलाई मध्यनजर गर्दै निगमले मिति २०८२ चैत्र १७ गतेबाट  काठमाडौं–दिल्ली–काठमाडौं रुटमा RA 205/206 बाट हप्ताको तीन दिन उडान थप गरी सञ्चालन गर्ने व्यवस्था मिलाएको छ । यस व्यवस्थासँगै अब काठमाडौं–दिल्ली–काठमाडौं हप्ताको १० वटा उडान सञ्चालन हुने भएको छ ।

Download

Media Center