Preloader

Press Release 2079-12-28 : ०९ अप्रिल २०२३ को UN Chartered उडान रद्ध सम्बन्धमा

  • Home
  • Press Release
  • Press Release 2079-12-28 : ०९ अप्रिल २०२३ को UN Chartered उडान रद्ध सम्बन्धमा

Press Release 2079-12-28 : ०९ अप्रिल २०२३ को UN Chartered उडान रद्ध सम्बन्धमा

संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशहरुमा शान्ति स्थापनार्थ खटिई जाने नेपाली सेनाका पदाधिकारीहरुलाई उक्त खटिइएका देशहरुमा लैजाने र ल्याउने कार्य नेपाल वायुसेवा निगम र नेपाली सेनाबीच द्दिपक्षीय सहमति भए अनुसार भइरहेको छ । यसरी हु्ने उडानका लागि आवश्यक पर्ने अनुमति सम्बन्धित देशको नियमानुसार कुटनीतिक माध्यमबाट लिने गरिएको छ । यसै सन्दर्भमा मिति ९ अप्रिल, २०२३ को लागि उडान तय भएको अफ्रिकी मुलुक युगाण्डा जाने चार्टड उडानको लागि Overfly/landing permission को लागि कुटनीतिक माध्यमबाट मिति २२ मार्च, २०२३ मा नै माग गरिएकोमा अफ्रिकी मुलुक  ERITREA को अनुमतिको लागि कुटनीतिक माध्यमबाट बारम्बार अनुरोध गर्दा पनि उडान समयसम्म अनुमति प्राप्त हुन नसकेकोले निर्धारित उडान सुनिश्चितताको लागि उक्त दिनको भोलिपल्ट १० अप्रिल, २०२३ मा ERITREA, DGCA मा उडान अनुमतिको लागि सिधै अनुरोध गरिएको र अनुमतिसमेत प्राप्त भएको थियो । तर उडानको तयारीकै क्रममा ERITREA, DGCA बाट प्रदान गरिएको उडान अनुमति रद्ध गरिएको सूचना प्राप्त भएकोले अनुमतिबेगर उडान संचालन गर्न नमिल्ने हुँदा उक्त उडान रद्ध हुने बाध्यात्मक परिस्थिति सृजना हुन गयो ।  

यस सम्बन्धमा सेना मुख्यालयमा बैठक बसी सम्बद्ध निकायहरुसँग आवश्यक समन्वय गरी उ्रक्त उडान अर्को उपयुक्त समयमा गर्ने निर्णय भयो । 
यसबाट सम्बद्ध वर्गमा पर्न गएको असरप्रति निगम क्षमाप्रार्थी छ ।

Click here for the details.

Download

Media Center