Preloader

Press Release 2080-01-17 : अन्तर्राष्ट्रिय स्टेशनमा कार्यरत कार्यालय प्रमुखहरुसँग आ.व.२०७९/८० को बजेटको समीक्षा

  • Home
  • Press Release
  • Press Release 2080-01-17 : अन्तर्राष्ट्रिय स्टेशनमा कार्यरत कार्यालय प्रमुखहरुसँग आ.व.२०७९/८० को बजेटको समीक्षा

Press Release 2080-01-17 : अन्तर्राष्ट्रिय स्टेशनमा कार्यरत कार्यालय प्रमुखहरुसँग आ.व.२०७९/८० को बजेटको समीक्षा

नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय स्टेशनमा कार्यरत कार्यालय प्रमुखहरुसँग आ.व.२०७९/८० को बजेटको समीक्षा र आगामी आ.व.२०८०/८१ को योजना तथा कार्यक्रम सम्बन्धी बैठक निगमको प्रधान कार्यालयमा सम्पन्न भयो ।
कार्यक्रमको समुद्घाटन गर्दै श्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीज्यूले नेपाल र नेपाली सम्झेर सम्पूर्ण कर्मचारीहरुलाई निगमको समग्र उत्थानमा अनुशासित, पारदर्शी एवं सकारात्मक ढङ्गले उच्च मनोवल राखेर कार्य गर्न निर्देशन दिनुभयो ।
त्यसैगरी श्री संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायका सचिव श्री सुरेश अधिकारीज्यूले निगमलाई आर्थिक तथा व्यवसायिक सवलीकरण गर्नु पर्ने र हालै गठन भएको सुझाव समितिले निगमलाई सुधारात्मक बाटोमा लैजान सकारात्मक र व्यवसायिक सुझाव दिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम अन्तरक्रियात्मक भएकोले धेरै प्रभावकारी रहेको थियो । 

Click here for the details
 

Download

Media Center