Preloader

Press Release 2080-01-28: Buying two Trunk Route Aeroplane

Press Release 2080-01-28: Buying two Trunk Route Aeroplane

नेपालको प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी वढाउने उद्देश्यले शहरी क्षेत्रका एयरपोर्ट (Trunk Route) मा उडान भर्न सक्ने दुई वटा जहाज खरीद गर्ने कार्य योजना अघि वढाउन विशेष पहल गरी यथासक्य छिटो त्यस प्रकारका जहाज खरीद कार्य सम्पन्न गर्नको लागि निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीको अध्यक्षतामा बसेको मिति २०८० वैशाख २६ गतेको संचालक समितिको वैठकले निगम संचालक समितिका सदस्य बरिष्ठ क्याप्टेन श्री सुधिर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ । उक्त उपसमितिले २१ कार्यदिन भित्र प्रतिवेदन वुझाउने गरी कार्य समेत सुरु गरिसकेको छ । 
शहरी क्षेत्रका एयरपोर्ट (Trunk Route) मा चल्ने जहाज नभएको कारण निगमले हाल शहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन ।  निगमले दुई वटा जहाज खरीद गरेपश्चात काठमाडौ, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायत नेपालका शहरी क्षेत्रबाट प्रादेशिक उडान भरी अझै धेरै यात्रुहरुलाई सेवा प्रदान गर्न सकिने छ ।

 Click here for the details.

 

Download

Media Center