Preloader

Press Release 2080-02-16 : Regarding Chinese aircraft

Press Release 2080-02-16 : Regarding Chinese aircraft

निगमसँग रहेका MA-60 र Y12E (चिनियां जहाजहरु) ग्राउण्डेड भएको सम्बन्धमा सम्मानित संसदमा समेत प्रश्न उठेकोले निगमको गम्भिर ध्यानाकर्षण भएको छ । 
निगमसँग रहेका दुई वटा MA-60 र तीन वटा Y12E चिनियां जहाजहरुको सम्बन्धमा विभिन्न समयमा गठित अध्ययन समितिहरुको सिफारिसको आधारमा उक्त जहाजहरु सञ्चालन गर्न प्राविधिक, ब्यवसायिक र आर्थिक रुपमा अनुपयुक्त भएको, बिमा खर्च तथा इन्धन खपत अत्याधिक रहेको, सिमित यात्रु बहन क्षमता र जगेडा पार्टपुर्जामा समस्या रहेको, यी जहाजहरु संचालनमा रहँदा आ.व. २०७१/०७२ देखि २०७५/०७६ सम्म यी जहाजहरुको संचालन घाटा रु ७७,७४,१०,१४३ र कुल घाटा रु १,९०,६९,३३,११४ भएको र अझै संचालन मै राखिरहँदा निगमलाई आर्थिक बोझको रुपमा दायित्व थप हुदै गएको र विभिन्न प्राविधिक कठिनाई समेत झेलिरहन परेको कारण जनाउँदै मिति २०७७/३/१६ मा बसेको निगम सञ्चालक समितिको बैठकले उक्त जहाजहरु मिति २०७७/४/१५ देखि सञ्चालनमा नल्याउने निर्णय गरेको थियो । उक्त जहाजहरुलाई व्यवस्थापन गर्ने सम्बन्धमा विभिन्न विकल्प सहित गरिएको पत्राचार अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयको मिति २०७७/१२/४ को निर्णय बमोजिम लिजमा दिन वा विक्री प्रक्रिया अगाडि बढाउन मिति २०७७/१२/१२ मा श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत निर्देशन भएको थियो ।  
यी जहाजहरुको व्यवस्थापन गर्ने सन्दर्भमा निगमको संचालक समितिको निर्णय एवम् तालुकदार मन्त्रालयको समन्वयमा कार्य अगाडि बढाउने व्यहोरा जानकारी गराइन्छ  ।
 

Download

Media Center