Preloader

Press Release 2081-01-28: निगमको 9N-AKX जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानविन उप समिति गठन

  • Home
  • Press Release
  • Press Release 2081-01-28: निगमको 9N-AKX जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानविन उप समिति गठन

Press Release 2081-01-28: निगमको 9N-AKX जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानविन उप समिति गठन

निगमको 9N-AKX जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानविन उप समिति गठन :

क्षतिपूर्ति समेत दावी गर्न विभागीय प्रमूखलाई कार्यकारी अध्यक्षको निर्देशन   

नेपाल वायूसेवा निगमको 9N-AKX जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा मिति २०८१ वैशाख २३ गते निगमका कार्यकारी अध्यक्ष श्री यूबराज अधिकारीको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले संचालक समिति सदस्य ब. क्या. सुधिर समशेर राईज्यूको संयोजकत्वमा पाँच सदस्यीय छानविन उपसमिति गठन गरेको छ । उक्त समितिलाई निगमको जहाजको इन्जिन Israel Aerospace Industry-IAI मा मर्मत संभार गर्न पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानविन एवम् अध्ययन गरी पन्ध्र दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको छ ।

Download

Media Center