Preloader

Press Release 2081-09-07 : प्रादेशिक हवाई उडान संचालनका सन्दर्भमा कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री हिक्मतकुमार कार्कीज्यूसँग भेट

  • Home
  • Press Release
  • Press Release 2081-09-07 : प्रादेशिक हवाई उडान संचालनका सन्दर्भमा कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री हिक्मतकुमार कार्कीज्यूसँग भेट

Press Release 2081-09-07 : प्रादेशिक हवाई उडान संचालनका सन्दर्भमा कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री हिक्मतकुमार कार्कीज्यूसँग भेट

मिति २०८१ मंसिर ३० गते प्रादेशिक हवाई उडान संचालनका सन्दर्भमा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष सहितको टोलीले कोशी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री हिक्मतकुमार कार्कीज्यूसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विराटनगरमा भेट गरी कोशी प्रदेशको पर्यटन तथा सुलभ हवाई यात्रा सेवा संचालनका विषयमा छलफल सम्पन्न भएको छ । 

उक्त अवसरमा कोशी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारी लगायत निगमका उच्च पदस्थ अधिकारीहरुलाई स्वागत गर्दै प्रादेशिक हवाई उडानलाई व्यवस्थित गरी कोशी प्रदेशको हवाई उडान र पर्यटन विकासको अवधारणा प्रस्तुत गर्नु भएकोमा आभार व्यक्त गर्नुभयो । उक्त अवसरमा माननीय मुख्यमन्त्रीज्यूको जनसम्पर्क सल्लाहकार श्री रवि खनाल, नेपाल वायुसेवा निगमका तर्फबाट कार्यकारी अध्यक्ष श्री युबराज अधिकारी, नेपाल वायुसेवा निगम संचालक समिति सदस्य श्री किशोर प्रधान, बजार व्यवस्थापन विभागका निर्देशक श्री टंकनिधि दाहाल, सेन्ट्रल रिजर्भेसन कन्ट्रोल युनिट प्रबन्धक श्री नवराज उपाध्याय, वरिष्ठ लेखा अधिकृत श्री बिपुला बराल, वरिष्ठ अधिकृत, श्री नयन शर्मा, विराटनगर स्टेशनका प्रमुख श्री सन्तोष खड्का लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा कोशी प्रदेशको पर्यटन विकास तथा प्रादेशिक हवाई यातायातलाई सुलभ बनाउनका लागि नेपाल वायुसेवा निगमसँगको सहकार्यमा प्रादेशिक हवाई उडान सम्बन्धी कार्यलाई अघि बढाउनका निमित्त कोशी प्रदेश सरकार र निगमले नयाँ जहाज खरिद, संचालन तथा व्यवस्थापनका सन्दर्भमा उपयुक्त मोडालिटी तय गर्न सकारात्मक छलफल भएको थियो ।

Download

Media Center