- 04 Nov 2025
Press Release 2082-07-18
नेपाल वायुसेवा निगमको संचालक समितिका नव नियुक्त अध्यक्ष श्री विक्रम राईले मिति २०८२/०७/१८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव श्री इन्दु घिमिरेसँग पद तथा गोपनीयताको शपथ लिनुभयो । शपथ कार्यक्रममा संचालक समितिका सदस्यहरू क्याप्टेन सुधीर राई, अमृतमान श्रेष्ठ, रामप्रसाद खतिवडा र निमित्त महाप्रबन्धकको उपस्थिति रहेको थियो । शपथपछि मन्त्रालयका निमित्त सचिव घिमिरेले निगमलाई सुधारको बाटोमा अगाडि बढाउँदै व्यवस्थित पद्धतिको थालनी गर्ने जिम्मेवारी निगम संचालक समितिका अध्यक्ष, सदस्य तथा निमित्त महाप्रबन्धकको काँधमा आएको बताउँदै बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । निगम संचालक समितिका नवनियुक्त अध्यक्ष विक्रम राईले अहिलेको विषम परिस्थितिमा सम्माननीय प्रधानमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको भरोसा तथा विश्वासले अध्यक्षको जिम्मेवारी प्राप्त भएकोले सम्माननीय प्रधानमन्त्री र मन्त्रालयलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले निकट भविष्यमा नै ठोस उपलब्धिमूलक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Download