- 17 Jul 2023
ने.वा.नि.द्धारा २०८० आषाढ मसान्तमा ८३,०९,५५,२८१ रुपैयां जहाजको ऋण भुक्तानी
ने.वा.नि.द्धारा २०८० आषाढ मसान्तमा ८३,०९,५५,२८१ रुपैयां जहाजको ऋण भुक्तानी निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि लिएको ऋण दायित्वको २०८० आषाढ महिनाको किस्ताबापत मिति २०८० आषाढ ३१ गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जम्मा रु ८३,०९,५५,२८१ (अक्षरेपी त्रियासी करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ मात्र) रकम भुक्तानी गरेको छ ।
यस अघि निगमले २०७९ साल आषाढ देखि चैत्र सम्ममा २ अर्व ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।
Download